मधेस केन्द्रित दलहरुको मुख्य मागमध्ये नागरिकताको विषय पहिलो प्राथमिकतामा रहँदै आएको छ । गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीले विधिवत रुपमा उठाएको नागरिकतासम्बन्धी माग अहिले मधेसवादी विभिन्न दलको एजेण्डा बनेको छ ।हालै सरकारले नागरिकतासम्बन्धी ऐन संशोधनका लागि संसदमा विचाराधीन विधेयक फिर्ता लिएको छ । संयोग नै मान्नुपर्छ, नागरिकतासम्बन्धी मुद्दा उठाउनेमध्येकै एक दल जसपा नेपालबाट सरकारमा प्रतिनिधित्व गर्दै आएका तीन मन्त्रीलाई फिर्ता बोलाएर सोही पार्टीबाट प्रतिनिधित्व गराइएका अन