काठमाडौं : मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले असामाजिक र अराजक तत्त्वले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरेको भन्दै सचेत रहनुपर्ने बताएका छन्।बुधबार ललितपुरमा आयोगले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अन्सारीले नेपालमालामो समयदेखि हिन्दु, मुस्लिम, इसाइ, किराँत लगायतसमुदाय एकापसमा मिलेर बसिरहेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए। धर्म र सम्प्रदायका नाममा सद्भाव विथोल्ने र भाइचारा बिगार्ने प्रयास गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले अपराधकर