भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले अग्निपथ योजनाबारे नेपालले समयमा निर्णय नलिए गोर्खा सैनिकको लागि छुट्याइएको कोटा फिर्ता लिन बाध्य हुने चेतावनी दिएका छन् । भारतले यस्तो निर्णय लिए दुई देशको सम्बन्धमा असर पर्ने टिप्पणी भइरहेको बेला उनको धारणा आएको हो । भारतमा बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युशन अफ इण्डियाले आयोजना गरेको कार्यक्रममा बोल्दै सेनाध्यक्ष पाण्डेले अग्निपथ योजनाबारे नेपालले चुनावअघि कुनै निर्णय नगर्ने आशय पनि व्यक्त गरे । सेनाध्यक्ष पाण्डे हालै नेपालको भ्रमण गरी भारत फर्