युक्रेनमाथि रुसको हमलापछि जब देशका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले देश छोड्ने प्रस्ताव पाए तब उनले भिडियोमार्फत् भने, ‘मलाई हतियार चाहिएको छ, यातायात होइन ।’उनकी श्रीमती ओलेना जेलेन्स्का र दुई बच्चा साशा र सिरिलले पनि देशमा नै बस्ने निर्णय गरे ।राष्ट्रपतिले उनीपछि उनको परिवार रुसको अर्को निशानामा भएको बताउने गरेका छन् । त्यसपछि मानिसको नजर देशकी प्रथम महिला र जेलेन्स्कीकी श्रीमतीतर्फ मोडिएको छ, सुरक्षाका कारण उनीहरु बसेको ठाउँबारे कसैलाई पनि थाहा छैन ।जेलेन्स्का जहाँ बसिरहेकी