तनहुँको मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्र धार्मिक पर्यटकको गन्तव्य बन्न थालेको छ । यस केन्द्रमा धार्मिक पर्यटनको गन्तव्य हुँदै आर्थिक सहयोग जुट्न थालेपछि गाई पाल्न सहज भएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले सहरबजार तथा बालीनाली भएका जग्गामा छोडिएका गाईको उचित व्यवस्थापन गर्न शुक्लागण्डकी नगरपालिकाको सहयोगमा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।