लमजुङ जिल्ला अदालतले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको जनाएको छ । उक्त वर्ष वार्षिक फर्छ्यौट लक्ष्य ५ सय ७४ रहेकोमा ६ सय ७९ वटा मुद्दा फर्छ्यौट भएको अदालतका स्रेस्तेदार उपसचिव भेषराज पौडेलले बताए । उनका अनुसार अदालतले लक्ष्यको आधारमा १ सय १८ दशमलव २९ प्रतिशत प्रगति हासिल गरेको छ ।