काठमाण्डौ – बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन विकको याेजनाबद्ध रूपमा हत्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ठूलो रकमको बीमा गरेर युवकको याेजनाबद्ध हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दोषीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
काठमाण्डौमा आज शुक्रवार पत्रकार सम्मेलन गरेर प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेका दुई जना महिला र चार जना पुरुषलाई सार्वजनिक हाे । पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५०...