हुलास आल्मुनियमले गरायो 'हुलास स्टिल एप’ बारे फ्रेबिकेटरहरुलाई जानकारी

काडमाडौं । नेपालको चर्चित ब्राण्ड हुलास आल्मुनियमले सोमबार  फ्रेबिकेटरहरुबीच सचेतनामूलक र जानकारीमूलक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चितवनमा सम्पन्न  कार्यक्रममा आफ्ना फ्रेबिकेटरहरुलाई हुलास स्टलले केही समयअघि सार्वजनिक गरेको ‘हुलास स्टिल एप’ को बारेमा जानकारी दिएको थियो ।  हुलास स्टिलले फ्रेबिकेटरहरुका लागि लक्षित गर्दै हुलास स्टिलले आफ्नो एपमार्फत ‘हुलास स्टिल एप–मोबाइमा, युरोप भ्रमण–उपहारमा’ भन्ने नाराका साथ यो एप लन्च गरिएको गरेको हो  ।   फ्रेबिकेटरहरुका लागि विशेष सौगातमा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आर्कषक उपहारहरु रहेका छन् । ग्राहकले त्यसका लागि आफ्नो मोबाइलमा हुलास स्टिल एप डाउनलोड गरी त्यस एपभित्र आफूले सामान खरिद गरी प्राप्त भएको बिल लोड गरी खरिद रकममा तोकिएबमोजिम प्वाइन्ट प्राप्त गर्न सकिने छ। जति धेरै प्वाइन्ट जम्मा गर्न सक्यो, त्यति धेरै उपहार हुलास स्टिल एपमार्फत उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  भेटघाट कार्यक्रममा चालीस वर्षभन्दा लामो गर्विलो इतिहास बोकेको हुलास स्टिलले फ्रेबिकेटरहरुलाई कम्पनीले उत्पादन गरेको नयाँ उत्पादनहरुको विषयमा समेत जानकारी गराएको थियो ।  भेटघाट कार्यक्रममा १ सय ५० जनाभन्दा बढी हुलास आल्मुनियमका फ्रेबिकेटरहरुको उपस्थिति थियो ।

सम्बन्धित सामग्री

अत्याधुनिक फलाम उद्योग सञ्चालन

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा स्थापना भएको स्वस्तिक रोलिङ उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । दुहबी परास्टोकीमा १० बिघा क्षेत्रफलमा स्थापना भएको सो गोल्छा अर्गनाइजेसनका दुई घराना राजकुमार गोल्छा ग्रुप तथा हितेश–हिमांशु गोल्छाको हुलास स्टिल समूह र रमेश राठीको स्वस्तिक समूह, विराटनगरका युवा व्यवसायी जीवन रिजाल र इन्तकाब अहमद मियाँको साझेदार लगानीमा सो उद्योग स्थापना भएको हो । स्वस्तिकबाट व्यावसायिक उत्पादन सुरु भएको उद्योगका सञ्चालक रमेश राठीले जानकारी दिनुभयो । उद्योग विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरेर परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन थालिएको राठीले जानकारी दिनुभयो ।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं (अस) । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आएको  सातौं संस्करणको नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । एक्स्पो आउँदो  फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातिप्राप्त ब्रान्डका १५० भन्दा बढी स्टल रहनेछन् । निर्माण कम्पनी, डिलर, सब–डिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे बुझाउन र यस क्षेत्रका नयाँ प्रविधिबारे जानकारी गराउन मेला आयोजना गरिन लागेको आयोजकले बताएको छ । प्रदर्शनीमा निर्माण सामग्री, निर्माण औजार, हेभी इक्युपमेन्ट, प्रि–फ्याब स्ट्रक्चर, यूपीभीसी विन्डोज् मेसिनरी, यूपीभीसी प्रोफाइल, डोर एन्ड विन्डोज्, आर्किटेक्चरल हार्डवेयर, बाथरुम, फिटिङ पाइप्स, टायल्स एन्ड स्यानिटरी वेयर, रुफिङ, इन्जिनियरिङ बिल्डिङको सहभागिता रहनेछ । मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टिल इन्डस्ट्रिज रहनेछ भने सहयोगी संस्थामा नेपाल इन्जिनियरिङ एसोसिएसन, फेडेरेसन अफ कन्ट्रयाक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ नेपलिज् आर्किटेक्टस्, हेभी इक्युपमेन्ट पार्टस् एसोसिएसन तथा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज रहेका छन् । प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, बिल्डर्स, इन्टेरियर डिजाइनर, घर बनाउन चाहने व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने अपेक्षा आयोजकको छ ।