गल्फः सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि पोखरामा सुरु हुँदै

काठमाडौँ– नेपाल प्रोफेसनल गल्फर एसोसियसनको आयोजनामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन हुने भएको छ। हिमालयन गल्फ कोर्ष, पोखरामा हुने प्रतियोगितामा ५४ होल्समा खेल हुनेछ। सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजन रहेको प्रतियोगितामा ३० प्रोफेसनल र १५ एम्च्योरहरू सहभागी हुने आयोजकले जनाएको छ। शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैयाँ, उपविजेताले ८८ हजार रुपैयाँ […]