राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभाबाट दोस्रोपटक नागरिकता विद्येयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा बिहीबार मतदान प्रक्रियाबाट पुनः पास गरिएको हो। ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाइएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ,’ थापाले भने,‘विवाह गरेर ल्या