बाग्मती नदी किनारमा भेटियो कपनको ढलमा खसेर हराएका बालकको शव

कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव ललितपुरको महाँकाल गाउँपालिकामा वागमती नदी किनारामा भेटिएको छ । शनिवार साँझ बालकको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । गत सोमबार साँझ हजुरबुबासँग हिडिरहेको बेला ढलमा खसेपछि उज्ज्वल बेपत्ता थिए । खबर पाएलगत्तै उनको खोजीका लागि महानगरीय प्रहरी प्रभाग कपनले विपद् व्यवस्थापन टोलीका १३ जना सदस्यलाई खटाएको थियो । टोलीले करीब २ घण्टा ढलभित्र खोजी गरेपनि कतै भेट्न सकेको थिएन । पछिसम्म पनि खोजी जारी राखेक...