बाँकेमा राजमार्ग क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

बाँके : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती–सोनारी गाउँपालिका १ कुसुम गाभरमा आज साेमवार बिहान बाघको आक्रमणबाट एक जनाको ज्यान गएपछि राजमार्ग क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणमा लिनका लागि प्राविधिक टोली घटनास्थल पुगिसकेको जानकारी दिनुभयो । ‘टोलीले बाघको अवस्था र व्यवहार बुझेपछि मात्रै नियन्त्रणमा लिनुपर्ने अवस्थामा नियन्त्रणमा लिनेछ’, शाहले भन्नुभयो, ‘क्यामरा राखिसकिएको छ , उसको राजमार्ग क्षेत्रमा हुने आवागमनलाई हेरि...