जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा स्थानीयबासी चर्को मारमा छन् । वर्षामा पोखरी र हिउँदामा धुलोले सडक किनारका बासिन्दामा गम्भीर स्वास्थ्य समस्या समेत देखापरेको छ । आर्थिक वर्ष २०७५/७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक छ वर्षदेखि अलपत्र छ । शुरुमा सडकको दायाँबायाँ घर भएका …