अन्तिम टी-२० सिरिज : युगान्डाविरुद्ध आज अन्तिम टी-२० खेल्दै नेपाल

काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले शनिवार युगान्डाविरुद्ध अन्तिम टी-२० खेल्दैछ। खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। पाँच खेलको शृङ्खलामा लगातार तीन खेल जित्दै युगान्डा ३-१ ले अगाडि छ। नेपालले एउटा खेलमा मात्रै जित निकालेको छ। शुक्रबार भएको चौथो खेलमा नेपालले युगान्डालाई १५ रनले पराजित गरेको थियो।