रोल्पा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका सबैभन्दा बढी छन् । अदालतमा दर्ता भएका करिब ६ सय मुद्दामध्ये ३ सय २६ वटा सम्बन्ध विच्छेदका छन् । तीमध्ये चालू आर्थिक वर्षमा २ सय ७५ वटा मुद्दाको फैसला भइसकेको छ भने अब ५१ वटा मात्रै मुद्दा बाँकी छन् ।