२३ संस्थामा रोजगारीको अवसर, रिसेप्सनिस्टदेखि ब्रान्च म्यानेजर पदसम्म ११६ कर्मचारी माग

काठमाडौं । विभिन्न २३ संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् । प्राइम कमर्सियल बैंक, महालक्ष्मी बैंक, कान्तिपुर इन्जिनियरिङ कलेज, होटल मर्स्याङ्दीलगायतले रिसेप्सनिस्टदेखि ब्रान्च म्यानेजर पदसम्मका लागि ११६ जना कर्मचारी माग गरेका हुन् । यी पदहरूका लागि प्लस टुदेखि स्नातकोत्तरसम्मको शैक्षिक योग्यता माग गरिएको छ । कसले कुन पदमा कति कर्मचारी मागे ?