प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जामा १४ जनाको मृत्यु हुने गरी भएको गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । देउवाले मृतका परिवारजनप्रति समवेदनासमेत प्रकट गरेका हुन् ।काँग्रेस कार्यवाहक मुख्यसचिव सचिव प्रदिप पराजुलीद्वारा जारी विज्ञप्तिमार्फत देउवाले घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेको जनाइएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुँदा १४ जनाको मुत्यु भएको थियो ।