नेकपा एमालेका सचिव याेगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ । The post नेकपा एमालेका सचिव याेगेश भट्टराई अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.