नेपाली सेनामा रोजगारीको अवसर, पाइलटदेखि कम्प्युटर प्राविधिकसम्मको आवश्यकता

चैत १४, काठमाडौँ । नेपाली सेनाले विभिन्न प्रविधिक पदका लागि भर्ना खुला गरेको छ । सेनाले लेखा उप - सेनानी, प्राडा उप - सेनानी, पाइलट उप - सेनानी तथा विभिन्न टेडका प्रविधिक अधिकृत पदहरुको लागि सोमवार सूचनामार्फत दरखास्त आव्हान गरेको हो । त्यसैगरी, उप- सेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना, लेखा उपसेनानीतर्फ ४० जाना, सैनिक उपचारिका उप- सेनानीतर्फ १८ जना, कम्प्युटर प्राविधिक उप- सेनानी १६ जना साथै अन्य २५  ओटा पदका लागि १९४ जना प्राविधिक अधिकृत माग गरिएको सूचनामा उल्लेख छ ।  इच्छुक उमेद्वार पुरुषको हकमा १८ वर्ष पूरा भई २९ ननाघेको र महिलाको हकमा १८ वर्ष पूरा भई ३० ननाघेको हुनुपर्नेछ । साथै इच्छुक उमेरद्वारले वैशाख १३ गतेसम्म अनलाईनबाटै आवेदन दिन सक्नेछन् ।

सम्बन्धित सामग्री

रोजगारीको अवसर: प्रशिक्षकदेखी चालकसम्म माग

काठमाडौं । नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपाले कर्मचारी माग गरेको छ । शिक्षालयले होटल मेनेजमेन्ट प्रशिक्षक पदका लागि २ जना, कम्प्युटर प्रशिक्षक पदका लागि २ जना, इलेक्ट्रिकल सहायक प्रशिक्षक पदका लागि १ जना र हलुका सवारी चालक पदका लागि १ जना गरि जम्मा ६ जना कर्मचारी माग गरेको छ ।  शिक्षालयले मंगलवार करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै परिषद् सेवा करारमा व्यक्ति छनोट गरिने जानकारी दिएको हो । तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १० दिन (२०८०/०२/०४ गते बिहीवार) कार्यालय समयभित्र तोकिएको विवरण सहित शिक्षालयमा दरखास्त पेश गर्नुहुन आवहान गरिएको छ । हेर्नुहोस् सुचना

पाँच वर्षमा मेयरले के गर्न सक्छ ?

नगरपालिका तथा महानगरपालिकाका प्रमुख अर्थात् मेयरले आफूले पाएको अधिकार प्रयोग गरी पालिकाको मुहार फेर्नुपर्ने हो । संवैधानिक अधिकार सम्पन्न मेयरले किन काम गर्न सकेनन् ? केही कमजोरी पक्कै छ । जनताले तिरेको करबाट शक्तिसम्पन्न बनेका तर जनताका लागि काम गर्न नसक्ने व्यक्तिको विकल्प अब खोज्नुपर्छ । जनतालाई दु:खी बनाउने पहिलो कारण हो– झूटा आश्वासन र वाचा । मेयरसँग झूटा आश्वासनभन्दा पनि आफ्ना रणनीति कार्यान्वयन गर्ने स्पष्ट दृष्टिकोणसहितको खाका हुनुपर्छ । मेयर पालिकाको कार्यकारी प्रमुख हो र उसले आफ्नो अधिकार प्रयोग गरेर अनुभवी, युवायुवती, महिला–पुरूष, जातजाति विभिन्न पेशा व्यवसाय गरेकालाई जोड्न सक्नुपर्छ र पालिकालाई नमूना बनाउन सक्नुपर्छ । नागरिकका प्रत्यक्ष सरोकारको कामबाहेकका क्षेत्रमा खर्च गर्नु जनताबाट संकलित करको अपचलन हो । यो विषयलाई गम्भीरतापूर्वक नलिने नगरप्रमुख तटस्थ, इमानदार र कार्य क्षमताले भरिपूर्ण मान्न सकिँदैन । नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने स्वास्थ्य नीतिहरू कार्यान्वयन र व्यवस्थापन गर्न जिम्मेवार अधिकारीहरू र एजेन्सीहरूको ध्यान खिच्न सक्नुपर्छ । स्वास्थ्य नीति निर्माणका लागि जनस्वास्थ्यविज्ञलाई यथार्थपरक अनुसन्धान र मूल्यांकन गर्न उत्प्रेरित गर्न र त्यसअनुरूपको रायलाई कार्यान्वयन गर्न तदारुकता देखाउन सक्नुपर्छ । भूमण्डलीकृत समयमा सन्तुलित शिक्षा दिन नसक्दा विद्यार्थीको भविष्य त डामाडोल हुन्छ नै देशले पनि गुणस्तरीय जनशक्ति पाउँदैन । संविधानले विद्यालय खोल्नेदेखि पाठ्यपुस्तक बनाउनसम्मका अधिकार पालिकालाई सुम्पिएको छ । तर, शिक्षाक्षेत्रप्रति जनप्रतिनिधिको उदासीनता स्पष्टै देखिन्छ । जबसम्म गम्भीर भएर शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधि लाग्दैनन् तबसम्म बेरोजगार शिक्षित जनशक्तिबाहेक अरू केही निस्किँदैन । न उसले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्छ, न देशमै उद्योग खोलेर रोजगारी सृजना गर्न सक्छ । संविधानले पालिकालाई उत्पादन वृद्धि, रोजगारी सृजना, न्यायपूर्ण वितरणका जिम्मेवारी पनि सुम्पिएको छ । एउटा सक्षम मेयरले स्वरोजगार र साना तथा मझौला व्यवसायको उत्थानका लागि विभिन्न रचनात्मक प्रक्रियाबाट आफ्नो क्षमता प्रदर्शन गर्न सक्छ । स्थानीय लगानीकर्ताको समूह खडा गरी व्यवसायमा लगानी बढाउन सक्छ । जानेकाले सिकाउने र सिकेकाले नेपालभर छरिएर व्यवसाय चलाउने तथा घरेलु सामान, कृषि उत्पादन र बजार प्रवर्द्धन गर्ने उपाय निकाल्न सक्छन् । मेयरले शहरको साहित्यिक/पौराणिक, पुरातात्त्विक सम्पदा र ऐतिहासिक धरोहर, जात्रा, गुठी, नाच, पर्व आदिलाई जोगाउनु आफ्नो कर्तव्य ठान्नु पर्दछ । मेयरले तत्काल गर्न सक्ने काम प्राय: नेताहरूको साझा समस्या हो, वाचा गर्ने तर काम पूरा नगर्ने । ५ वर्षको कार्यकालमा जननिर्वाचित प्रतिनिधिमा पनि यो समस्या दोहोरियो । काठमाडौंका मेयरको मोनोरेलको सपनालाई उदाहरणका रूपमा लिन सकिन्छ । सबैभन्दा पहिले मेयरले कार्यान्वयन नै हुन नसक्ने आश्वासन दिन बन्द गर्नुपर्छ । पालिकाको काममा अलमल नहुने गरी आफ्ना कार्ययोजना नागरिकसामु खुलस्त पार्दै उल्टो दिशामा गइरहेका नीतिनियमलाई ट्र्याकमा ल्याउने काम गर्नुपर्छ । ठूला निर्णय पारदर्शी बनाउनुपर्छ । दलको दबाबमा दलनिकट व्यक्ति, संस्थालाई शीर्षक मिलाई खर्च दिएर करको दुरुपयोग गर्ने तरीका बन्द गर्नुपर्छ । विकास बजेट उपयुक्त तबरले खर्चिन सक्ने प्रणालीको विकास गर्न सकिन्छ । करको दायरा बढाउने र करको दर घटाउने उपाय खोज्नुपर्छ । साथै, समयमै बजेट खर्चको फछ्र्योट र पारदर्शिता बढाउँदै लैजानुपर्छ, विद्युतीय प्रणालीमा व्यापकता ल्याउन सकिन्छ । फोहोर व्यवस्थापनका संरचना निर्माणको थालनी गर्दै, सडक, बत्ती र ढलको अवस्थाको घुम्ती टोलीमार्फत निरीक्षण गरेर आवश्यकता अनुरूप मर्मतसम्भार गर्न सकिन्छ । सडक, विद्युत् र खानेपानीसम्बन्धी काम गर्दा अन्तरमन्त्रालय समन्वय नभएको देखिन्छ । यसका लागि सम्बद्ध मन्त्रालयको योजनासँग समन्वय गरी काममा हुँदा व्यवधान हटाउन सहज हुन्छ । अनुगमन समिति बनाएर मापदण्डविपरीतका गतिविधि नियन्त्रण गर्नुपर्छ । यसरी निर्माण मापदण्ड, घरभाडा, मासु/खाद्य पदार्थ, जनसुरक्षा, यातायातलगायतमा देखिएका समस्या हटाउन सकिन्छ । सडक चौपायाको व्यवस्थापन गर्न मेयरले कान्जी हाउस सञ्चालन, भ्याक्सिन र वन्ध्याकरण र विज्ञद्वारा दिइएका योजनालाई कार्यान्वयनमा लैजानुपर्छ । वैदेशिक रोजगारीको विकल्प देशभित्रै निकाल्ने न्यूनतम सुविधा भएको स्टार्ट अप सपोर्ट सेन्टर बनाउँदै कृषि, सेवाक्षेत्र, निर्माणक्षेत्र, कम्प्युटर सफ्टवेयर र अन्य स्वरोजगारका साना तथा मझौला उद्योगहरूमार्फत युवाका लागि रोजगारीको अवसर खोज्न सकिन्छ । पुराताŒिवक महŒवलाई बिगार्ने गरी कुनै पनि संरचना नबनाउने संकल्प प्रस्ताव पारित गर्ने र ‘पब्लिक अडिट’ र आवाज सम्मान गरिने प्रणालीको संरचना तयार गरी प्रयोगमा ल्याउन सकिन्छ । ज्ञान व्यवस्थापनको विधा प्रयोग गरी लोपोन्मुख भाषा, साहित्य, लोकसंस्कृति, हस्तकलाका ज्ञान आदिलाई जीवन्त बनाउन प्रयास गर्नुपर्छ । हप अन हप अफ बस सेवा, महिला र विद्यार्थीका लागि ‘गुलाबी बस सेवा’, मध्यम वर्गका लागि नक्सा पास गरिएका बस्ने घरको नक्साका नमूना छानेर नि:शुल्क उपलब्ध गराउन सकिन्छ । पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । पार्किङस्थल बढाउन ठाउँठाउँमा भर्टिकल पार्किङ टावरहरू स्थापित गर्न सकिन्छ । शहरको भित्री क्षेत्रमा सकेसम्म पैदल यात्रा र यातायात पार्किङ र विशेष पासको व्यवस्था गर्न सकिन्छ । आफ्नै सभा–हल प्रयोगमा ल्याउने, डिजिटल प्रविधियुक्त विश्वस्तरको सुविधा सम्पन्न एकै पटकमा धेरै समूह छलफल गर्न सकिने गरी बनाउने/थप्ने तर पाँचतारे होटेलमा हुने गरेका खर्चिला सभासम्मेलन रोक्ने गरेर स्रोतको सही परिचालन गर्न सकिन्छ । ५ वर्षभित्र गर्न सकिने काम शिक्षाको गुणस्तरमा व्यापक सुधार गर्न शिक्षक, पुस्तक, व्यावहारिक ज्ञान र पूर्वाधार सबैमा एकैपटक ध्यान दिने र कम्तीमा १० ओटा माध्यमिक विद्यालय छानेर नमूना स्कूल बनाउन सकिन्छ । शैक्षिक योग्यता, विज्ञता र अनुभवका आधारमा एउटा कामकाजी परियोजना बनाई रूपान्तरणको प्रक्रिया अघि बढाउन सकिन्छ । पहिलो वर्ष वारुण यन्त्रहरू कम्तीमा चार ठाउँमा र ५ वर्षसम्ममा १० ठाउँमा पुर्‍याउने, जमीनमुनि पानी रिचार्ज गर्ने र वर्षायामको पानी संकलन गर्ने, यससम्बन्धी विज्ञ पहिचान गरी काम अघि बढाउने, मासिन पुगेका सबै ऐतिहासिक संरचनालाई जस्ताको तस्तै पुन:स्थापना गर्ने काम गर्न सकिन्छ । लेखक नेपाल स्वीस च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, आईटी निर्देशकसहित १७ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशकसहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । केन्द्रले सोमबार एक सूचना प्रकाशित गर्दै निर्देशकसहित १७ जना कर्मचारीका लागि करार सेवामा दरखास्त माग गरेको हो । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना, कम्प्युटर इन्जिनियर ६ जना, इलेक्ट्रिकल इन्जिनियर १ जना, इलेक्ट्रिकल ओभरसियर ४ जना, कम्प्युटर टेक्निसियन ४ जना र...

नेपाली इन्जिनियरलाई जापानको सफ्टवेयर क्षेत्रमा फेरि रोजगारीको अवसर

जापानी कम्पनी ह्युमन रिसोसिया प्रालिले फेरि नेपाली इन्जिनियरलाई जापानमा रोजगारीको अवसर दिने भएको छ । नेपाल इन्जिनियरिङ कलेजका ४ विद्यार्थीलाई सो कम्पनीले अघिल्लो वर्ष रोजगारी दिएको थियो । सो अवसर पाउनेहरूमा २०१५ ब्याचका कम्प्युटर इन्जिनियर सुसन माडिकर्मी र सुवास निरौला, २०१५ ब्याचकै इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियर एडा रिजाल र २०१४ ब्याचका कम्प्युटर इन्जिनियर इसारा देसार हुन् ।