काठमाडौं। नेपाली गलैंचाको माग विदेशमा बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष एक अर्ब रुपैयाँभन्दा बढीको नेपाली गलैंचा विदेश निर्यात भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८मा ७अर्ब२४करोड४०लाख५० हजार रुपैयाँको गलैंचा नेपालले विभिन्न देशमा निर्यात गरेको छ। सो मूल्यमा नेपालले४लाख४०हजार ५६ थान गलैंचा निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष२०७६/७७मा ६अर्ब१५करोड७७लाख६हजार रुपैयाँको ३लाख८हजार५१२ थान गलैंचा निर्यात गरेको थियो।