काठमाडौँ – दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उच्च सरकारी अधिकारीबीच छलफल भएको छ । पर्यटनमन्त्री सुदन किरातीले बोलाएको बैठकमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको ढाँचा र विभिन्न विकल्पबारे छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानुन, […]