काठमाण्डाै – नेपालका थप दुई वटा जलविद्युत् आयोजनाको बिजुली किन्न भारतले सहमति जनाएको छ । भारत सरकारले २४ दशमलव २५ मेगावाटको काबेली बी एक र १९ दशमलव ४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुली किन्न सहमति जनाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।भारतले यसअघि आठ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय १० मेगावाट बिजुली किनिरहेको थियो । थप दुई वटा आयोजनाको बिजुली किन्न भारत सहमत भएसँगै नेपालले अब १० वटा आयोजनाबाट उत्पादित ४ सय ५३ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को प्रतिस्पर्धी बज...