भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि कालीगण्डकी नदीको शिला लैजाने तयारी भएको छ । मूर्ति निर्माणका लागि पहिचान भएको दुई थान शिलाको बुधबार नापजाँच गरिएको छ । भारत सरकारको प्रस्ताव र नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार अयोध्यामा कालीगण्डकीको शिला पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी …