नागरिक लगानी कोषले ७ बुँदे भावी योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोषले वार्षिक प्रतिवेदन ७७/७८ सार्वजनिक गर्दै भावी योजना तथा कार्यक्रमबारे जानकारी दिएको हो ।यस्ता छन् कोषका भावी योजना तथा कार्यक्रमःनागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारको उचित प्रयोगबाट संस्थालाई प्रभावकारी ढंगबाट अगाडी बढाउँदै सहभागी तथा शेयरधनीहरुलाई अधिकतम प्रतिफल तथा गुणस्तरीय सेवा उपलब्ध गराउन निम्नानुसारको भावी योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याईएको छ ।१. बचत संकलनको क्षेत्र विस्तारःकोषको सामाजिक सुरक्षाको क्षेत्रमा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरुलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवद्र्धन गर्दै लैजाने योजना रहेको छ । हालसम्म यस योजना प्रति सर्वसाधारणको आकर्षण राम्रो देखिएता पनि कोभिड माहामारीका कारण अपेक्षाकृत रुपमा प्रवद्र्धनात्मक कार्यहरु हुन सकेको छैन । सामाजिक सुरक्षणका कार्यक्रमको दायरालाई थप फराकिलो बनाउनका लागि कोषले स्वरोजगारमा रहेका पेशा, व्यवसायी तथा कृषकहरुलाई पनि यस कार्यक्रममा आवद्ध गर्ने योजनाका साथ कार्यक्रम अगाडी बढाईएको छ ।२. लगानीको क्षेत्र तथा दायरा विस्तारःनेपाल सरकारका विभिन्न परियोजनाहरुमा कोषले लगानी गर्ने तथा कोषले सहभागीहरुलाई प्रदान गर्दै आएको आवाश कर्जालाई शाखा कार्यालयहरुबाट पनि प्रदान गर्ने गरी क्षेत्र विस्तार गरिएको छ ।३. पुँजी बजार सेवा विस्तारःपुँजी बजारका क्षेत्रमा देखिएको अप्रत्यासित उतार चढावलाई स्थिरता दिई पुँजी बजारमा कोषको भूमिका स्थापित गर्न कोषले आफ्नो सहायक कम्पनी स्थापना गरी कार्य अगाडी बढाइसकेको छ । पुँजीबजारका विभिन्न औजारलाई थप प्रभावकारी बनाउनका लागि बन्दमुखी सामूहिक कोष सञ्चालन गर्ने योजना रहेको छ । ४. मानव संसाधन विकासःकोषको कार्य प्रकृतिको आधारमा सक्षम कर्मचारी व्यवस्थापन गर्न दीर्घकालिन लक्ष्य राखी जनशक्ति योजना तयार गरिने छ । कोषका कर्मचारीहरुलाई कोषले गर्ने कार्यहरुमा सक्षमता तथा प्रभावकारिताका साथ सम्पन्न गर्न कार्यक्षमता अभिबृद्धिको लागि आवश्यकता अनुसार स्वदेश तथा विदेशमा तालीम दिने व्यवस्था मिलाइने छ । कोषको कार्य प्रकृतिसँग मिल्ने कोषको संगठन तथा व्यवस्थापन (O & M) सर्भे अध्ययन भई तयार भएको प्रतिवेदन स्वीकृत भए अनुसार मानव संसाधन विकासका कार्यहरु गरिने छ ।५. सूचना प्रविधिको विकासःकोषले कार्यान्वयनमा ल्याएको NLK Web Based Software पूर्ण रुपमा लागू भएको छ । सम्पूर्ण सहभागीहरुको KYC अद्यावधिक गरी कोषको संकलन तथा भुक्तानी प्रणालीलाई e-payment द्वारा व्यवस्थित गर्ने दिशातर्फ कोष अगाडी बढिरहेको छ । कोषबाट भुक्तानी लिने सम्पूर्ण सहभागीहरुलाई online प्रणाली मार्फत नीजहरु कै बैंक खातामा रकम पठाउने व्यवस्थाको पूर्ण कार्यान्वयनमा आइसकेको छ । चालु आर्थिक बर्षमा सहभागीहरुको खातामा कट्टी रकम जम्मा हुँदा SMS Alert प्रणालीद्वारा सूचना दिईने व्यवस्था मिलाईनेछ ।६. शाखा कार्यालयहरुको सुदृढीकरण एवं सेवा विस्तारःकोषले हालै सुदुर पश्चिम प्रदेशमा शाखा कार्यालय सञ्चालन गरिसकेको छ । शाखा खोल्न बाँकी रहेका मधेश प्रदेश र कर्णाली प्रदेशमा अध्ययन गरी छिट्टै शाखा कार्यालय सञ्चालन गरिने छ ।७. सामाजिक उत्तरदायित्वःकोषले सामाजिक उत्तरदायित्व प्रति सजग हुँदै विगतदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोमा आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ । साभार: नागरिक लगानी कोषको वार्षिक प्रतिवेदन ७७/७८