तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा सञ्चालन गरिएको प्राविधिक शिक्षालयमा भौतिक संरचनाको अभाव हुँदा समस्या भएको छ । गाउँमै विद्यार्थीलाई प्राविधिक शिक्षा दिएर रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शिक्षालयमा पर्याप्त कक्षाकोठाका साथै आवासको पनि अभाव रहेको छ । दुई वर्षअघि सञ्चालनमा आएको शिक्षालयका विद्यार्थी र शिक्षकहरु आसपासका गाउँमा बास बस्दै आएका छन् । […]