नेपालमा भारु ५ सय र २ हजारका नोट चल्ने व्यवस्था गर्न निजी क्षेत्रको माग

काठमाडौँ । नेपालमा भारतीय रुपैयाँ ५ सय र २ हजारका नोट चल्ने व्यवस्थाका लागि निजी क्षेत्रले माग गरेको छ । संघीय संसद्अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि सुझाव लिन बोलाएको बैठकमा निजी क्षेत्रबाट यस्तो सुझाव आएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् महासङ्घको कर तथा राजस्व समितिका सभापति […]