जिल्लामा सक्रिय सङ्गठन भएका साना दलले आफ्नै चिह्नबाट चुनाव लड्न पाउने

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिने भएको छ । अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव चिह्न दिने र अरू साना दलका उम्मेदवारले स्वतन्त्र चिह्न लिएर चुनाव लड्नुपर्ने व्यवस्था रहेकोमा निर्वाचन आयोगले सर्तसहित दलीय चुनाव चिह्न दिने भएको हो । दलीय चुनाव चिन्ह पाउनका लागि साना दलले आफ्नो सङ्गठन र क्रियाशिलता रहेको विवरण पेस गर्नुपर्नेछ । आफ्नो दलको कुन–कुन जिल्लामा जिल्लास्तरको सङ्गठनात्मक ...