पाटन अस्पतालमा आज पनि सेवा बन्द

काठमाडौं : पाटन अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले बिहीबार पनि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्।सरकारी संयन्त्रबाट आफूहरूको माग सम्बोधनका कुनै पहल नभएको भन्दै आज पनि सेवा ठप्प हुने अस्पतालका मेडिसिन विभाग प्रमुख डाक्टर युवराज शर्माले बताए। गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई जना निमोनियाका बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेपछि मंगलबारदेखि उनीहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्द