स्यानिटरी प्याडमा समेत स्थानीय तहको कमिसन खेल, सुरक्षित सिकाइ प्रभावित

पर्सा : छात्राहरूको स्यानिटरी प्याड स्थानीय सरकारका केही जिम्मेवार व्यक्ति, कर्मचारी र विद्यालयले घोटाला गरिदिँदा विद्यालयमा सुरक्षित सिकाइ हुन नसकेको खुलेको छ।असीमित अधिकार लिएर गाउँ छिरेको भनिएको सिंहदरबार(स्थानीय तह) का केही जिम्मेवार व्यक्ति, कर्मचारी र विद्यालयले पनि स्यानिटरी प्याडमा पनि चरम घोटाला गरेका छन्। आसमान नेपाल, शिक्षा पत्रकार समाज र भिएसओ नेपालले आइतबार पर्सामा गरेको ‘विद्यालयमा सुरक्षित सिकाइ’ विषयक कार्यक्रममा यो सार्वजनिक भयो। सामुदायिक विद्यालयका छात्रा