वैशाख २६ काठमाडौं। स्मार्टफोन निर्माताहरुको भिडमा फरक स्थान हासिल गर्न संघर्ष गरिरहेको गूगल पिक्सेलले अर्को सिरिज सार्वजनिक गर्ने भएको छ ।
गूगलले पिक्सल-७ सिरिजको नयाँ पुस्ताको फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । यस सिरिजमा पिक्सल-७ र पिक्सल-७ प्रो सार्वजनिक हुनेछन । यद्यपि आधिकारिक रूपमा यी फोनहरूको बारेमा कुनै जानकारी भने दिईएको छैन। तर केही टिपस्टरहरूले पिक्सल-७ सिरिजको बारेमा जानकारी लीक गरेका छन्।
पिक्सल-७ र पिक्सल-७ प्रो गत वर्ष आएको पिक्सल-६ र पिक्सल-६ प्रो जस्तै छन्। यी फोनहरूलाई पिक्सल-६ को उत्तराधिकारीको रूपमा चिनिन्छ । नयाँ फोनका क्यामेराहरू फिक्सल-६ जस्तै हुनेछन् । गूगल पिक्सेल-७ स्मार्टफोनमा डुअल क्यामेरा सेटअप हुने बताइएको छ । यसले ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा र १२ एमपी अल्ट्रा वाइड क्यामेरा सेन्सर राखिने छ ।
पिक्सल-७ प्रो स्मार्टफोनमा ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ। यसको प्राथमिक क्यामेरा ५० मेगापिक्सल हुनेछ, साथै १२ मेगापिक्सल अल्ट्रा-वाइड एंगल सेन्सर र ४८ मेगापिक्सल टेलिफोटो लेन्स हुनेछ ।सेल्फीका लागि फोनमा पञ्च-होल कटआउट दिइने बताइएको छ ।
गुगल टेन्सर प्रोसेसर
टिपस्टरका अनुसार पिक्सेल-७ फोनमा ६.३ इन्चको डिस्प्ले हुनेछ। पिक्सल-७ प्रो मा ६.७ इन्चको डिस्प्ले दिने छ । पिक्सल-७ र पिक्सल-७ प्रो ले गैर- एलपीटीओ डिस्प्ले पाउनेछ, अर्थात् फिक्सल-७ र पिक्सल-७ प्रो एलपीटीओ प्यानलको साथ आउनेछ। फोनहरु गूगल टेन्सर प्रोसेसरहरुसँग सुसज्जित हुनेछ।
यस सिरिजका फोनहरू स्टर्मी ब्ल्याक, किन्डा कोरल, सोर्टा सीफोम र क्लाउडी ह्वाइट शेडहरूमा आउन सक्छन्। सामाजिक सञ्जालमा एक लीक रिपोर्टमा गूगल पिक्सल-७ सिरिजका फोनहरू आगामी अक्टोबरमा हुने कार्यक्रममा लन्च गरिने बताइएको छ ।
कार्यक्रममा फोनसँगै गूगल पिक्सेल वाच पनि सार्वजनिक हुनेछ । फोनमा जीपीएस, ब्लुटुथ, वाइफाइ र ओटीजी जस्ता सुविधाहरू पनि छन्। गूगल -६ प्रो स्मार्टफोन गत वर्ष अक्टोबरमा भारतमा लन्च गरिएको थियो।गूगलले यस वर्ष ७ सिरिजका फोन सार्वजनिक गर्न लागेको हो ।