झापामा बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं : झापाको शिवसताक्षी नगरपालिकामा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।मृतक दुवै म्यादी प्रहरी रहेका छन्।  मृतकको पहिचान र वतन प्रहरीले सार्वजनिक गरेको छैन्।स्थानीय तहको निर्वाचनमा सुरक्षाबारका रुपमा ड्युटी सकेर गन्तव्य तर्फ जाँदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।आज बिहान को १ ख ७१८७ न नम्बरको झुल्के देवी यातायातको यात्रुवाहक बसले ठक्कर दिएको हो।

सम्बन्धित सामग्री

दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु

२५ असोज, दाङ । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको बाणगंगा नगरपालिका—४, घर भई दाङको भालुवाङ बस्ने २४ वर्षीय बिजय खनाल रहेका छन् । काठमाडौंबाट सुर्खेततर्फ गईरहेको ना ७ ख ५९७१ नम्बरको बसले बिहीबार बिहान बाटो काट्ने बेलामा खनाललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा […]

जुम्लामा बसको ठक्करबाट एक जनाको मृत्यु

जुम्लामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वर्ष ३९ को छानविर गुरुङ रहेका छन्।

झापामा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

२९ पुस, झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर १ मा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले ठक्कर दिंदा स्थानीय ७२ वर्षीया तुलसा दाहालको मृत्यु भएको हो । पैदल हिँडिरहेकी दाहाललाई बिहीबार दिउँसो तीन बजेतिर स्कुल बसले ठक्कर दिएको थियो । उनको, […]

सिनामङ्गलमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आइतवार बिहान मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा निधन…

काभ्रेपलाञ्चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडाैँ- काभ्रेपलाञ्चोकको मण्डनदेउपपुर नगरपालिका-७ स्थित कुन्ता बजारमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ सिन्धुकोट बस्ने ३५ वर्षीया कान्छी मिजार रहेकी छन्। काठमाडौँबाट मेलम्चीतर्फ जाँदै गरेको बा २ ख ६६७४ नम्बरको बसले उनलाई शुक्रबार ठक्कर दिएको प्रहरीले जनाएको छ। बसबाट झर्ने क्रममा उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको […]

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

चितवन । स्कुल बसको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिका–४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स्कुलको बसले आनन्दपुरतर्फ […]

झापामा बसको ठक्करबाट दुई जनाको मृत्यु

झापा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–धरमपुर खण्डमा यात्रुबहाक बसको ठक्करबाट एक जना प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे ८ का २६ वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २६ बर्षिय जितुहाङ राई रहेका छन्। आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रु वाहक बसले मोटरसाइकलमा […]

सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको मलंगवामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारका क्रममा मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतीय नम्बरको मिनी बसले राय सवार साइकललाई […]

बसको ठक्करबाट दुईको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।  काठमाडौँदेखि बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नंको बसले आज दिउँसो पौने दुई बजेतिर ठक्कर दिँदा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको  प्रमुख मल्लले जा