निःसन्देह विश्वमा नेपालको कुनै तुलना छैन, हर मानेमा हाम्रो देश अतुल्य छ । विश्वभरका मानव समुदायलाई नेपाल जीवनमा एकचोटि जानैपर्ने मुलुक हो भन्ने सोच रहेको नकार्न सकिन्न । पंक्तिकार झन्डै आधा शतक देशहरू घुमिसकेको छ र जहाँ गए पनि त्यहाँका स्थानीयहरूले नेपालबारे देखाएको प्रेम, सद्भावना र उनीहरूबाट व्यक्त उच्च कोटीको अभिव्यक्तिले सधैं आल्हादित भएको छ […]