महिला आयोग आन्तरिक द्वन्द्वमा फस्नु बिडम्बना : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु बिडम्बनाको कुरा भएको उनको टिप्पणी थियो ।