धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अनुदान सहयोगमा सो सडक पुनर्निर्माणको काम गरेको थियो ।झण्डै एक दशक पहिले जाइकाको आर्थिक सहयोगमा सो सडकको निर्माण भएको थियो । विसं २०७२ को भूकम्पमा पाँच ठाउँमा ठूलो पहिरो गएर सडक पूरै भत्किएको थियो । सडक निर्माण सकेर यही महिनामा हस्तान्तरण गर्न लागेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । उनका