मुखको दुर्गन्ध हटाउनदेखि सुखमय यौनजीवनका लागि सुकमेल

आकारमा सानो देखिने सुकमेलमा विभिन्न प्रकारका औषधीय गुणहरु पाइन्छ । यसमा पाइने पोषक तत्वले शरीरलाई फाइदा गर्छ । स्वादिष्ट मात्रै होइन यसको बास्ना पनि निकै मिठो हुन्छ । भान्सामा प्रयोगमा आउने सुकमेलले स्वादसँगै शरीरका समस्याहरुलाई पनि भगाउँछ । मुखको दुर्गन्ध हटाउनसुकमेलले मुखको दुर्गन्ध हटाएर ‘माउथ फ्रेशनर’ को काम गर्छ । यसको सेवनले सास गन्हाउने समस्या कम हुन्छ । पेटमा खराबी भएमा मुखमा गन्ध आउन थाल्छ । तर, सुकमेल खाने बानीले कब्जियतको समस्या कम हुने र मुख गन्हाउने समस्या पनि कम गर