काठमाडौँ : पाँचदलीय सत्ता गठबन्धनभित्रको प्रमुख घटक नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। १५ वैशाख २०८१ मा हुने प्रतिनिधिसभाका एक र प्रदेशसभाका एक सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो। आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र–१ का लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। संविधानसभाका अध्यक्षसमेत रहेक
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका छन् । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूको इलाम २ मा चुनाव लड्ने तयारी हो ? भन्ने जिज्ञासामा उनले गठबन्धनले साझा उम्मेदवार बनाए तयार रहेको बताए । उनले भने- यसअघिको चुनावमा इलामले मलाई फुर्सद […]
काठमाडौं । वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश […]
विराटनगर । प्रदेशको नाम कोशी राखेपछि आन्दोलनरत प्रदेश नम्बर १ पुन नामकरण समितिले इलाम क्षेत्र नम्बर २ मा हुने उप निर्वाचनमा पहिचानको पक्षधरका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । सुनसरीको धरानमा भएको बैठकले इलाममा हुने उप निर्वाचनमा पहिचान पक्षधरहरूका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको हो । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि […]
२४ कात्तिक, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पाँचौं पटक प्रतिनिधिसभा सदस्य बन्न चुनावी मैदानमा छन् । २०५६ यता लगातार चुनाव जितेर सांसद रहँदैआएका उनी उही इलाम-२ बाट उठेका छन् । अघिल्लो पटक एमाले-माओवादी केन्द्र (वाम गठबन्धन) का साझा उम्मेदवार रहेका नेम्वाङले नेपाली कांग्रेसका प्रत्यासी केशव थापालाई करिब १० हजार मतको अन्तरले पराजित गरेका […]