काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनापछिको समीकरणका विषयमा सबै कुरा नेकपासँगै निर्भर भएको र कांग्रेसले भूमिका निभाउने बेला नभएको ठहर गरेको हो ।