बाक्लो हिमपातले हुम्लाको तुम्लिङमा चौरी बचाउन हम्मे

सिमकोट – एक्कासी हिमपात भएपछि हुम्लास्थित नाम्खा गाउँपालिकाको लिमी तुम्लिङमा चौरी बचाउन खर्कालाहरुलाई हम्मेहम्मे भएको छ। समयअगावै तीन फिटभन्दा बढी हिमपात भएपछि चौरीपालक किसानलाई चौरीगाई जोगाउन नै हम्मेहम्मे भएको हो। अहिले तुम्लिङका जमिनमा हिउँले ढाकिएको छ। तुम्लिङका चौरीका खर्काल फुन्जोक लामाले कात्तिक महिनाको सुरुमै हिमपात हुँदा चौरी जोगाउन समस्या भएको दुःखेसो पोखे। अग्ला क्षेत्रमा पालन […]