ब्राजिलमा कोरोना महामारी रोक्न महिलाको नेतृत्व प्रभावकारी : अध्ययन

काठमाण्डाै - ब्राजिलमा गरिएको एउटा अध्ययनले महिला नेतृत्वमा भएका सहरमा कोरोना महामारीबाट धेरैको ज्यान जोगिएको देखाएको छ। अध्ययनकर्ताले महिलाले नेतृत्व गरेका सहरमा कोभिडका कारण ४३ प्रतिशतसम्म कम मृत्यु भएको र अस्पतालमा ३० प्रतिशत कम मानिस भर्ना भएका दाबी गरेको बीबीसीले जनाएको छ । औषधि उपचारसँगै स्वास्थ्यका मापदण्डको पालना कडाइमा महिला नेतृत्व सफल भएकाे पाइएको हो।  नाक र मुख छोप्ने मास्कलाई अनिवार्य पार्ने र ठूला जमघटमा प्रतिबन्ध लगाउने काममा महिला अग्रसर देखिएको अध्ययनकाे प्रतिवेदनमा उल्लेख छ । अध्ययन ब्राजिलका ५...