नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या

नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या भएको छ । नाइजरका ९ जना र नाइजेरियाका २ जना किसानलाई गोली हानेर हत्या गरिएको समाचार संस्था एएफपीले जनाएको छ । हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए । घटनामा जिहादी लडाकु समूहको संलग्नता रहेको खबरमा उल्लेख छ । घटना क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा क्षेत्रमा भएको हो । जिहादी समूह बोको हराम र यसको प्रतिद्वन्द्वी इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्सले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् । ...

सम्बन्धित सामग्री

जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या

६ असोज, नाइजर । नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् । ‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्,’ आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा […]

नाइजरमा जिहादी समूहद्वारा ११ किसानको हत्या

नाइजर– नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकूहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बुधबार बताएका छन् । ‘टौम्मौरबाट सात किलोमिटर टाढा बोको हराम निकट लडाकूले मङ्गलबार बिहान गोली हानेर ११ जना किसानको हत्या गरेका छन्,’ आक्रमणस्थल नजिकै रहेको सहरका मेयर इसा बोंगाले एएफपीलाई बताए […]