बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष) सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ।

सम्बन्धित सामग्री

बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष)सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मङ्गलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको जानकारी दिनुभयो । “यसअघि अन्य उमेर समूहकै बिरामीसँगै राखेर बालबालिकाको उपचार हँुदै आएको थियो ”, उहाँले भन्नुभयो । बालबालिकाको उपचारलाई प्रभावकारी र व्यवस्थित गर्न तथा हेरचाहमा सहजता लागि सो कक्ष सञ्चालनमा ल्याइएको हो । यसअघि अस्पतालमा बालबालिकालाई न्यानो बनाउने ‘वार्मर कक्ष’ मात्र थियो ।

बेनी अस्पतालमा आईसीयूसहितको बाल उपचार कक्ष स्थापना

म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आईसीयूसहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मंगलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो।