ब्रसेल्सको एक विमानस्थलमा आत्मघाती बम आक्रमणमा ३२ जनाको मृत्यु भएको सात वर्षपछि अदालतले घटनामा संलग्न ६ जनालाई दोषी ठहर गरेको छ। लामो सुनुवाइ र १९ दिनको अदालती बहसपछि ब्रसेल्सको अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो। जसको मुख्य योजनाकार ३३ वर्षीय सलाह अब्देस्लाम रहेका छन्। सन् २०१५ को पेरिस बम र बन्दुक आक्रमणमा पनिअब्देस्लाम मुख्य योजनाकार थिए। जसमा १३० जनाको मृत्यु भएको थियो। अब्देस्लाम सन् २०१५ मा भएको हमलापछि पेरिसबाट बेल्जियम भागेका थिए। त्यसको चार महिनापछि समातिएका उनले बम विस्