काठमाडौँ क्षेत्र नं ९ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रस्थानमा देखिएको छ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् । काठमाडौँ ९ मा खसेको कूल मत तीन हजार ३५१ मध्ये श्रेष्ठले एक हजार ७६५ मत प्राप्त गरेका छन्।