गेटामा विश्वविद्यालय बनाउने निर्णय नगरेर सरकारले सुदूरपश्चिमेलीलाई धोका दियो : सांसद तामाङ

काठमाडौँ- नेकपा एमालेका सांसद तारा लामा तामाङले सरकारले ल्याएको बजेट दिशाहीन भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै एमाले सांसद तामाङले सरकारले ल्याएको बजेटले खस्किँदै गएको अर्थतन्त्रलाई उकास्न सहयोग नपुग्ने धारणा राखेका हुन् । उनले बैठकमा बोल्दै भने ‘सरकारले ल्याएको बजेट किसान र श्रमजीवीलाई हेर्ने र समाजवादतिर जाने खालको छैन । यो बजेटबाट केही […]