गाँस, बास र कपास हाम्रा आधारभूत आवश्यकता हुन् । प्राकृतिक विपत्तिबाट आफू र आफ्नो ‘गाँस–कपास’ जोगाउन बास (घर) चाहिन्छ । यथार्थता यही हो कि घरले हामीलाई आश्रय मात्र नदिई व्यक्तिगत सरसामानलाई समेत ओत दिन्छ ।रोजगारीका अवसर, वातावरणीय कारण, शैक्षिक उद्देश्य, पारिवारिक पुनर्मिलन, पूर्वाधारको उपलब्धता जस्ता विभिन्न कारणले मानिसहरु नयाँ ठाउँमा बसाइँ सर्दछन् । बसाइँ नयाँ ठाउँको होस् वा पुख्र्योली थातथलोको, सहज बसाइँका लागि आफ्नै आवास होस् भन्ने सबैको एक सपना हुन्छ ।हालको कोभिडको जस्तो म