बलात्कार आरोप लागेका बैतडीका वडाध्यक्ष पक्राउ

बैतडी : बलात्कारको आरोपमा बैतडीको एक वडा अध्यक्षससिहत दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका १ का वडा अध्यक्ष सरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्। एक २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।  पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पताल बैतडीमा गरिएको छ। आरोप