पञ्जाब राज्यका मुख्यमन्त्री भगवन्त मानको संगरुरस्थित घरबाहिर दुई युवाले आत्महत्याको प्रयास गरेका छन् । एक युवकले विषालु स्प्रे पिएका थिए भने अर्काले झुण्डिने प्रयास गरेका थिए । स्प्रे सेवन गरेका युवकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । सोही क्रममा झुन्डिएका युवकलाई भने सँगै रहेका अन्य साथीहरुले तत्काल उद्दार गरेका थिए । यी युवाहरूले प्रहरी भर्तीका लागि नियुक्तिपत्र दिन मुख्यमन्त्रीको निवास बाहिर धर्ना दिइरहेका छन् । सन् २०१६–१७ को भर्ती सन् २०१६&ndas