कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक एक सय सिलिन्डर ग्यास उत्पादन हुने

विराटनगरको कोशी अस्पतालमा मंगलबार अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्ट जडानसँगै परीक्षणसमेत सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालमा जडान गरिएको प्लान्टबाट उत्पादित अक्सिजन पाइपलाइनको माध्यमबाट अस्पतालमा उपचाररत बिरामीका लागि पठाउने कार्य थालिएको अस्पतालले जनाएको छ । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोशी अस्पताल परिसरभित्र अक्सिजन प्लान्ट जडान गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले अक्सिजन प्लान्टबा