बैतडी : जिल्लाको सुर्नया नदीमा निर्माण शुरु भएको ८ वर्षसम्म ५० मिटर पुल पनि बन्न सकेन।५० मिटरको उक्त पुल २ वर्षमा पूरा गर्ने सम्झौता थियो। त्यहाँका स्थानीय बासिन्दा २ वर्षपछि आफ्ना दुःख कम हुने सोचेर दङ्ग परेका थिए। त्यो दिन अझै आएन।बैतडीको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल निर्माण अलपत्र हुँदा यहाँका बासिन्दा समस्या भोग्न बाध्य छन्।२०७१ साल भदौमा मोटरेबल पुल निर्माण कार्य एसके निर्माण सेवाले शुरु गरे पनि अहिलेसम्म पूरा हुन सकेको छैन।२ वर्षमा पुल सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौ