५० हजार धरौटी बुझाएर छुटे 'भाइरल' अर्जुन

भाइरल अर्जुन भनेर चिनिएका अर्जुन विक तारेखमा रिहा भएका छन् । जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका विकलाई जिल्ला अदालत कैलालीले ५० हजार धरौटीमा रिहा गरेको जिल्ला सरकारी वकिलको कार्यालय कैलालीका सूचना अधिकारी सुरबहादुर परियारले बताए ।